अर्जेन्टिनाले फिफा विश्वकप २०२२ को उपाधि जितेको छ। लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधि उचालेको छ । साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै अर्जेन्टिनाले तेस्रो पटक विश्वकप जितेको हो ।
फ्रान्सका केलियन एमबाप्पेले ह्याट्रिक गर्दै विश्वकपमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन् ।यस विश्वकपमा आठ पटक गोल गरेका उनलाई गोल्डेन बुट प्रदान गरिएको छ ।