ट्राफिक प्रहरीले मंसिर १ देखि मंसिर २९ गतेसम्म ६० वटा सवारी चालक अनुमतिपत्र खारेज गर्न सिफारिस गरी यातायात व्यवस्था विभागलाई पठाएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी चालकले बारम्बार नियम उल्लङ्घन गरेको पाइएपछि ती लाइसेन्स निलम्बनका लागि विभागीय कार्यालयमा पठाएको थियो । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र नियमावली २०५४ बमोजिम लाइसेन्स निलम्बन गर्न सिफारिस गरिएको ट्राफिक प्रहरीका अनुसार पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने गरेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले सवारी चालकले पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लङ्घन गरेको भन्दै यातायात व्यवस्था ऐन-२०४९ बमोजिम कारबाहीका लागि लाइसेन्स विभागलाई पठाएको बताए ।
कारबाही हुनेमध्ये एक चालकले ४४ पटक कारबाही भोगेका छन् ।
(RSS)