राष्ट्रपति विद्यादेवी भण्डारीले गत महिना भएको राष्ट्रिय निर्वाचनपछि एक साताभित्र बहुमत प्रमाणित गर्न देशका राजनीतिक दललाई आग्रह गरेकी छन् ।
भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठन गर्न ७ दिनको समय दिएकी हुन् ।
संविधानको उक्त व्यवस्थाअनुसार प्रतिनिधिसभामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रतिनिधिसभा सदस्यले प्रधानमन्त्री दाबी गर्न सक्नेछ।
निर्वाचन आयोगले सम्पुर्ण नतिजा सार्वजनिक गरिसकेको छ । तर कुनै पनि राजनीतिक दल तथा गठबन्धनको स्पष्ट बहुमत नआए पछि दलहरुको संयुक्त सरकार बन्ने अवस्था रहेको छ ।
राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरेसँगै प्रमुख राजनीतक दल र नेताहरु नयाँ सरकार गठनमा केन्द्रित हुने भएका छन्।