संसदमा सबैभन्दा ठूलो दल भएकाले काङ्ग्रेसको नेतृत्वमा सरकार बन्नु स्वभाविक हो भन्ने कांग्रेसको विश्वास छ ।
यसैबीच देउवाले विदेशी शक्तिको विश्वास जित्ने प्रयास गर्दै आगामी कार्यकालका लागि प्रधानमन्त्री बन्ने प्रक्रियामा संसदीय दलको नेता चयन गर्ने प्रयास पनि गरिरहेका छन् ।
यसअघि प्रचण्डले शनिबार देउवालाई नयाँ गठबन्धन सरकारको प्रधानमन्त्री बन्न सहयोग गर्न आग्रह गरेका थिए । सो भेटमा देउवाले संसदीय दलको निर्वाचनपछि मात्रै यस विषयमा सोच्ने जवाफ दिएका थिए ।
देउवाको मुख्य कुरा प्रधानमन्त्री बन्ने र पार्टीको सभापति पनि राख्ने हो ।
देउवा र प्रचण्डले एकैपटक प्रधानमन्त्रीको दाबी गरेपछि अहिलेको सत्तारुढ गठबन्धन संकटमा पर्न सक्छ ।
अर्कोतर्फ एमालेले सरकारमा जाने दाबी नगरे पनि अहिलेको सत्तारुढ गठबन्धन तोड्ने प्रयास गरिरहेको छ । एमालेले सबै दलसँग विकल्प खुला राखेको छ ।