यो विश्वमा अनेक कालखण्डमा बिभत्स लडाई भए र मानव संहार पनि भएको प्रमाण छन् l चंगेस खान जस्ता क्रूर योद्धा, बाबर लगायत मुगल भनिनेहरुले धर्मको नाममा मचाएको अमानबिय हिंशा मानिसले कहिले नमेटिने कालो इतिहास कोरेको छ l
दोश्रो विश्व युद्धमा जापानमा भएको नरसंहार पनि इतिहासको कालो कालखण्डको भुल्नै नसकिने घटना हो l त्रेतायुगमा महाभारतको लडाई पनि युगौ सम्म नभुलिने मध्ये हो l धर्म युद्ध को नाम मा लडिएको यो लडाई मा लाखौ योद्धा हरुले आफ्नो आहुति दिएका थिए भने कौरवको त वंश नाश नै भएको थियो l
दुर्योधनको अभिमान र घमण्डको कारण भएको महाभारतमा शकुनि मामाको पासाको पनि ठूलो भूमिका छ । दुर्योधनको सोच थियो भीष्मपितामह इच्छा मृत्यु को कवच भित्र छन, अश्वोत्थामा चिरन्जीवी हुन्, द्रोणाचार्यको मृत्यु अश्वोत्थामा नमरे सम्म हुदैन, कर्ण जन्मे देखि कवच र कुण्डल लगाएर जन्मेका भएर कसैले मार्न सक्दैन, यस्ता योद्धा को सुरक्षामा भएको हस्तिनापुर आदर्श र धर्म को पक्ष मा बाचेको पाण्डव ले के पो गर्न सक्छ र?
दुर्योधनले आफ्नो अभिमानका लागि युद्ध चाहन्थे, द्रौपदीले आफ्नो अपमानको बदलाको लागि युद्ध चाहन्थिन, शकुनिले कौरवको वंश नाश गर्नु थियो। श्रीकृष्णले युद्ध रोक्नको लागि अन्तिम प्रयास स्वरूप पाण्डवकोलागि पाँच गाउँ भए पनि यो युद्ध रोक्न सकिन्छ भनि शान्ती प्रस्ताव राख्दा पनि दुर्योधनले अस्वीकार गरेको कारण त्रेतायुगको सबै भन्दा ठूलो रक्तपात भएको लडाई भएरै छाड्यो।
महाभारत भित्र अनेक पक्ष विपक्ष छन् l श्रीकृष्णले मानव कल्याणको लागि युद्ध भूमिको बीचमा अर्जुनलाई गीता को ज्ञान दिनुभयो, धर्म (राम्रा काम) र अधर्म (नराम्म्रा काम) को बारेमा पनि प्रसस्त उदाहरण पेश भएका छन् l अन्धा धृतराष्टको पुत्र प्रेमले अन्तमा विनास गरेर छाड्यो।
अहिलेको विश्वमा पनि आफुसंग अजेय शक्ति छ भनेर अभिमान राख्ने दुर्योधनहरुको कमि छैन l शकुनिको पासा पनि पल्टेको पल्टेकै छ l धृतराष्ट को पनि कमि छैन l कमि छ त शान्ति चाहने श्रीकृष्ण को l अहिले शान्ति दुतको कमि छ l यो शान्तिको चाहना कुनै देश वा व्यक्ति हरुमा देखिदैन, मात्र विनास लाई पर्खि बसेका छन् l आफ्ना एटम बमको शक्ति को भण्डार माथि बसेर विश्व विनासको परिदृश्को परिकल्पना गरि राखेका छन्, यो बिभत्स दृश्य हेर्न उनीहरु आफै पनि जीवित रहने नरहने कुराको निश्चित छैन l
घृणा यस्तो वस्तुहो जसको सुरुवात भएपछि कहिले रोकिन्दैन। यो समयमा घृणा यसरी फैलिएको छ कि यसलाई रोक्न असम्भव प्राय भएको छ l आफु भन्दा अर्काको धर्म प्रति घृणा, राजनीतिक व्यवस्था प्रति घृणा, छालाको रंग प्रति घृणा, संस्कृति प्रति घृणा आदि l
रिस, राग, द्वेष, घृणा यस्ता हतियार हुन् जसले यो विश्व समाजलाई विनासतिर लैजान्छन् l इतिहास को काल खण्डमा अनेक कहानी हरु भेटिन्छन जुन राजा अत्याचारी, घमण्डी, अभिमानी, परपीडक, घृणा फैलाउने र रिसाहा छन् उनीहरुको अन्त नराम्रोसंग भएको देखिन्छ, चाहे उनीहरु जतिनै शक्तिशाली किन नहुन l अहिलेको विश्व परिवेशमा यदि जीवन जोगाउने हो भने जनस्तरबाट नै आवाज उठाउन अति आवाशक भैसकेको छ l हैन भने एटम बमको विष्फोटन संगै प्राणी मात्रको विनाश निश्चित छ l यो कुरालाई गहनताका सात लिनु पर्दछ, किन कि अहिले देखाईराखेको एटम बम को डर कुनैपनि बेला विस्फोटक हुन सक्दछ । त्यस पछिको संसारको परिकल्पना गर्नु नै भयङ्कर छ भने अवस्था कस्तो होला?
अहिले संसारमा प्रविधिको उच्च विकाश भएको छ, मानिसहरुले यसको प्रयोग बाट स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन आदि अनेक पक्षको विकाश गरेर यो संसारलाई स्वर्ग बनाउन सकिन्छ। आइन्स्टाइनको फोर्मुला एटम बम बनाउन होइन उजाड मरुभूमिलाई उर्वरा शक्ति प्रदान गर्न हो। इलेक्ट्रोनिक्स प्रविधि मिशाइल वा फाईटर जेट बनाउन होइन, बरु विश्वको संचार क्षेत्रमा प्रविधिको विकाशको लागि हो l त्यसैले समय सबै मिलेर हातेमालो गरी संसारबाट युद्धको अन्त्य गरौं र शान्ति स्थापनाको सुरवात गरौ l शान्ति स्थापनाको लागि यी कुराहरु हुन आवस्यक छ l
१. कुनै पनि देशले एक अर्का माथि आक्रमण नगर्ने महासन्धि राष्ट्रसंघ मार्फत गरिनुपर्ने l
२. कुनै पनि देशले सैनिक संगठन बनाउन नपाउने र भएका सैनिक संघटनहरुलाई बिगठन गर्नुपर्ने l
३. आणविक शक्ति सम्पन्न राष्टहरुले आफुसंग भएका आणाबीक हतियार निस्क्रिय पर्ने र आणबीक हतियार बनाउन बन्देज लगाउने l
४. अहिले लडाई र हतियार उत्पादनमा भैराखेको लगानी सबै राष्ट्रहरु मिलेर अन्य ग्रहको पत्ता लगाई मानव बसोबासको लागि प्रयास गर्न खर्च गर्ने।
५. सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः। सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत लाई आत्मसात गरि वसुधैव कुटुम्बकमको सिद्धान्तलाई अपनाई शान्तिको लागि पनि शान्ति भन्ने अभियानामा एक जूट भै काम गरौ l समयलाई चिनौ अन्यथा विनाश निश्चित छ l