काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल पार्टी संसदीय दलको नेतामा निर्वाचित भएका छन् ।
संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको नेकपाको बैठकले दाहाललाई अध्यक्षमा चयन गरेको हो ।
त्यसैगरी प्रतिनिधिसभाको प्रमुख सचेतकमा हितराज पाण्डे निर्वाचित भएका छन् । यस्तै राष्ट्रियसभा दलको नेतामा नारायणकाजी श्रेष्ठ चयन भएका छन्।
राष्ट्रियसभामा माओवादी केन्द्रबाट प्रमुख सचेतक र सचेतकका रुपमा गोपीबहादुर सार्की अछामी र गंगाकुमारी बेलबासेले जिम्मेवारी सम्हाल्दै आएका छन् ।
यसअघि आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारीको बैठकले पार्टीको नेतामा प्रचण्ड र सभामुखमा पाण्डेलाई प्रमुख सचेतक बनाउने निर्णय गरेको थियो ।
मंसिरमा भएको राष्ट्रिय निर्वाचनमा माओवादी केन्द्रले प्रतिनिधिसभामा प्रथम-निर्वाचित र समानुपातिक प्रतिनिधित्व प्रणालीअन्तर्गत ३२ सिट जितेको थियो। (RSS)