काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले तीन जिल्ला समेटिएको काठमाडौं उपत्यकाको विकासका लागि एकीकृत गुरुयोजना तयार गर्न थालेको छ ।
यो योजना सरकारको चालु आर्थिक वर्षको वार्षिक योजना तथा कार्यक्रममा समेत समावेश गरिएको छ । एकीकृत गुरुयोजना तयार गर्न नेस्ट जियोकोन प्यारागन जेभीलाई ठेक्का दिइएको प्राधिकरणका सूचना अधिकारी इन्जिनियर सौरभ ढकालले बताए ।
गुरुयोजना कार्यान्वयनमा आएपछि काठमाडौं उपत्यकालाई हरियाली सफा र सुन्दर बनाउन सकिने र उपत्यकाभित्रका १८ वटै नगरपालिकाले वितरण गर्न सहज हुने ढकालले विश्वास व्यक्त गरे ।
गुरुयोजना कार्यान्वयन गर्ने जिम्मेवारी ती नगरपालिकामा रहेका स्थानीय तहको पनि हुने प्राधिकरणले जनाएको छ ।
एक महिनाअघि सुरु भएको एकीकृत गुरुयोजना तयार गर्न कुल ९ करोड रुपैयाँ विनियोजन गरिएको छ । गुरुयोजना तयार गर्ने समयसीमा प्रारम्भ भएको मितिले १५ महिना रहेको प्राधिकरणले जनाएको छ । (RSS)