काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले पुस १५ देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने भएका छ। शनिबार सूचना जारी गरी प्राधिकरणले पुस १५ गतेभित्र मोबाइलहरू दर्ता गर्न आह्वान गरेको हो।
मोबाइल सेटको गैरकानूनी आयात, बिक्रिी वितरण तथा चोरी नियन्त्रण गर्न एमडीएमएस प्रणाली लागु गर्न लागेको हो । चोरी भएका तथा हराएका मोबाइल सेटको बारेमा प्राधिकरणले यो प्रणाली यसअघि लागु गरेकोमा अब पुस १५ देखि सबैमा लागू हुने भएको छ ।
प्राधिकरणले विदेशबाट आउने नेपालीहरूले निजी प्रयोगका लागि साथमा ल्याएका (एमडीएमएस प्रणालीमा दर्ता नभएका वा नेपालमा मिति २०७९ भाद्रभन्दा अगाडि प्रयोगमा नरहेका) मोबाइल सेटहरूको (१५ Digit को IMEI नम्बर सहितको) भन्सार घोषणा गरी भन्सार ऐन, २०६४ अनुसार भन्सार कार्यालयबाट प्रज्ञापन पत्र लिई प्रणालीमा अद्यावधिक गर्न अनुरोध गरेको छ।
नियम अनुसार भन्सार घोषणा नभएका मोबाइल फोन सेट पुस १५ देखि दर्ता नगरिने र यस्ता मोबाइल सेट सन्चालनमा समेत रोक लगाइने भन्दै प्राधिकरणले व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेटहरु प्रज्ञापनपत्रसहित दर्ता गर्न भनेको छ । नेपालभित्रै मोबाइल खरिद गर्दा पनि उक्त सेट एमडीएमएस प्रणलाीमा दर्ता भए नभएको एकिन गर्न प्रयोगकर्तालाई आग्रह गरेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणको सूचना :