काठमाडौं । बुद्ध एयरका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत एवम् सर्वोच्च अदालतका पूर्व न्यायाधीश बस्नेतको ९५ वर्षको उमेरमा आइतबार निधन भएको छ ।
७० वर्षको उमेरमा उनले नेपाल र नेपालीलाई हवाई सेवामार्फत जोड्न बुद्ध एयरको स्थापना गरेका थिए ।
भोजपुरको दिंगलास्थित साल्मामा जन्मिएका कार्यकारी अध्यक्ष बस्नेत बनारस हिन्दु विश्वविद्यालयबाट एम ए एलएललबी अध्ययन गरि नेपाल सरकारको विभिन्न उच्च ओहोदामा रहेर देशका लागी नेतृत्वदायी भुमिका निभाएको बुद्ध एयरले जनाएको छ।
बुद्ध एयरका अनुसार बस्नेतको निधनले असल अभिभावक गुमाएको छ ।