उपप्रधानमन्त्रीसमेत रहेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारका दिन सकिएको बताएका छन् ।
सोमबार मन्त्री पदमा नियुक्त भएसँगै उनले अपराह्न ४ बजे राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएका थिए ।
उनले भने, ‘पैसा र भ्रष्टाचारका लागि मन्त्रालय, कानुन बनाउने र मन्त्रालय कब्जा गर्ने दिन सकिए भनेर बुझ्दा हुन्छ।’