३५ तोला सुन र २५ लाख नगदसहित पक्राउ परेका इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीलाई नेपाल प्रहरी प्रधान कार्यालयले निलम्बन गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले केसीलाई आइतबार साँझ उनको निवासबाट पक्राउ गरेको हो ।
उनको घरबाट सुन र नगद बरामद गरिएको सिआइबी स्रोतले जनाएको छ ।
उनीमाथि सुन नियन्त्रणमा लिएर व्यापारीसँग २५ लाख रुपैयाँ मागेको आरोप छ ।