काठमाडौं । प्रदर्शनी मार्गस्थित रत्नराज्य क्याम्पसमा बुधबार विद्यार्थीबीच झडप हुँदा दुईजना घाइते भएका छन् ।
उनीहरुको काठमाडौं मोडल अस्पतालमा उपचार भइरहेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले घटनाको कारण खुल्न नसकेको बताए ।
‘चुनावको विषयलाई लिएर खुकुरी प्रहार भएको हामीले सुनेका छौं । तर, अहिलेसम्म पुष्टि भइसकेको छैन,’ उनले भने ।
प्रहरीले केहीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।