पश्चिमी वायुको प्रभावले हिमाली भेगमा आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यसैगरी देशको मौसम प्रणालीमा असर परेकाले अन्य प्रदेशका पहाडी भेगमा आंशिक बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आगामी २४ घण्टामा प्रदेश नं १ को पहाडी भेगमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । तराईका केही स्थानमा कुहिरो लाग्ने मौसमले जनजीवन प्रभावित हुने सम्भावना रहेको छ ।
मौसममा आएको परिवर्तनले निम्त्याउने जटिलताबाट सचेत रहन विभागले आग्रह गरेको छ ।
पछिल्लो अपडेट अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ८ डिग्री र अधिकतम तापक्रम १८ दशमलव ५ डिग्री सेल्सियस रहने छ । (RSS)