नेपाली नेताको मुखबाट पटक पटक सुनिएको शब्द मध्ये एक हो ‘मैले जोगी बन्न राजनीति गरेको हैन ‘ l वास्तबमा यी नेताहरुले साँचो बोलेका हुन् l राज्यको सम्पत्तिको सुखभोग गर्नु नै सत्ता प्राप्तिको एकमात्र उद्धेश्य भनिएओ छ l जोगी बन्नलाई राजनीति नगर्ने राजनीतिज्ञहरु नै देशमा भ्रस्टाचारका सूत्रधर हुन् भन्नेमा कसैको दुइमत नहोला l नेपालको इतिहासमा कृष्ण प्रसाद भट्टराई र मनमोहन अधिकारी मात्र जोगी बन्न राजनीति गरेका राजनेता हुन् भन्ने कुरा इतिहासले प्रमाणित गरेकोछ l भारत, चिन, अमेरिका आदि अनेक देशमा जोगी बन्नकोलागि राजनीति गर्ने राजनेताको संख्या उल्लेखनीय मात्रामा थियो त्यसैले यी देशहरुको विकाश भएको हो l
राजनीति गर्ने नेताले पहिले आफु, दोस्रो पार्टी र अन्तमा देशको कुरा गर्दछन् l राजनेताले देशलाई सर्बोपरी मान्छन , पार्टी दोस्रो दर्जामा र व्यक्ति वा आफु गौण भएर बस्दछ, आवस्यक परे बलिदान हुन तयार हुन्छ l यस्ता सपूत जन्माउने माता नै महान हुन्छिन्, यस्ता सपुतबाट देश बन्दछ, यी नै आदरणीय मानव हुन् l नेपालको इतिहासमा सत्ता उपभोगको लागि षड्यन्त्र, हत्या, हिंशा, रक्तपात भएका कैयौं घटना इतिहासको कालखण्डमा भेटिन्छन् l भीम मल्लको हत्या, भीमसेन थापाको आत्महत्या, कोतपर्व, भण्डारखाल हत्याकाण्ड, दरवार हत्याकाण्ड आदि प्रमुख घटना हुन् जसबाट सत्ता परिवर्तन भै सोझा नेपाली नागरिकहरुले दासत्व स्वीकार गर्न वाध्य भए l
पहिलेका षड्यन्त्र वा हत्याकाण्डले देश भित्र मात्र दासत्व स्वीकार्नु पर्ने स्थिति थियो भने वर्तमान अवस्थामा विदेशीहरुको कहर सहनु परेको छ l आधुनिक दासत्वको परिभाषा रमाइलो छ, अर्को शब्दमा भन्ने हो भने स्वतन्त्र दास हुन् l भाषाको स्वतन्त्र तर अर्काका शब्द बोल्नु पर्ने, आर्थिकरुपले पनि स्वतन्त्र तर अरन खटन अर्काको स्वीकार्नु पर्ने, धार्मिक स्वतन्त्रताछ तर आयातित धर्म मान्नु पर्ने, सभ्यता मान्न स्वतन्त्र तर तिम्रो सभ्यता गलत, तिम्रा पुर्खा असभ्य थिए हाम्रो सभ्यता मान भनि एनजीओ कर्मीले सिकाउने l परिवर्तन भनेको आफ्नो अस्तित्व मेटेर स्वतन्त्र बन्ने हो ? आफ्नो इतिहास नपढ नपढाउ तिमीले आफ्नो बारेमा, आफ्ना पुर्खाको बारेमा जानेमा कसरी स्वतन्त्र हुन्छौ ? धर्म, संस्कृति, सभ्यता, इतिहास, आफ्नोपन छोडेर आउ म स्वतन्त्रता दिन्छु l यही हो स्वतन्त्रता अनि दासता पनि l
नपत्याय नेपालको अवस्था हेर्नुहोस्, सवै भन्दा पहिले नेपाली भाषामा प्रहर भएको छ l नेपाली भाषाको मेरुदण्ड संस्कृत भाषा हटाऊ अंग्रेजी भाषा अनिवार्य गर भनेर सरकारलेनै निर्णय गरेको अवस्था छ l स्कूल, कलेज, संघसंस्था आदि को नाम पनि विदेशी छन् l बाहिर राखिएका बोर्ड पनि अंग्रेजी भाषामा मात्र , पत्राचार अंग्रेजी भाषामा, अंग्रेजी बोल्ने मानिसको मात्र महत्व हुने, यो भन्दा बढी केहि गर्नु बाँकि छ ? छ भने अझै गर्दा फरक पर्दैन l यो भाषागत दासता हो वा हैन ? नेपालको पाठ्यक्रमबाट इतिहास, नैतिक शिक्षा, संस्कृत भाषा हटाएको छ, किन हटाइयो ? नेपाललाई हिन्दु राष्ट भन्ने शब्द किन हटाइयो ?
नेपालको संस्कार र संस्कृतिबारे एनजीओहरुले निर्णय गर्ने अधिकार कस्ले दियो ? हाम्रो धर्म र संस्कृति बुझ्दै नबुझेका मानिसलाई ब्याख्या गर्ने अधिकार राज्यको कुन कानुनले दिन्छ ? राज्यको धर्म र संस्कार हुँदैन भन्ने ब्याख्या के हो ? के हामीहरुले अंगिकार गरेको धर्म, संस्कृति र संस्कार रुढीवादी परम्परा थियो वा छ त ? यही हो स्वतन्त्रताको परिभाषा ? या हाम्रो देश नयाँ भएकोले अरुबाट सिकेर गर्नुपर्ने बाध्यता छ कि ? वा देशको नेत्रित्व पंतिमानै कजोरी त छैन ? केहि त होलानि ?
राज्यका ठूला उद्योग बेच्ने, नयाँ उद्योग नखोल्ने, अनावस्यक बैंक खोलेर नागरिक लुट्ने, गृहस्त उत्पादन गरेर निकासी गर्ने वातावरण तयार नगर्ने, उद्योग र उध्यमिलाई दुरुत्साही गर्ने, युवा युवतीलाई विदेश पठाउने, रेमिटेन्स र बिदेशी ऋण लियर मौज मस्ती गर्ने यी यस्ता गतिबिधि कस्तो राज्यले गर्दछ ? राज्यले आफ्नो खर्च घटाउने कि बढाउने ? मितव्ययिताको सिद्धान्त अपनाउने नअपनाउने ? भ्रस्टाचार एनजीओले कम गर्ने हो वा राज्यले ? आफ्नो नीति कार्यक्रम नभएको राज्य स्वतन्त्र हुन्छ ?
यो देश स्वतन्त्रछ भन्ने प्रमाण पेश गर्ने हो भने ९० प्रतिशत नागरिकले उठाउने माथिका प्रश्नको उत्तर राज्यले कानून निर्माण गरी नीति निर्देशनबाट बाहिर आउनु आवस्यक छ, हैन भने राज्यले दासत्व स्वीकार गरेको भनि लागेको आरोप सही ठहरिएला र नेपालको अझै दुर्गति हुन वेर पनि नलाग्ला l
यसपाली मिठा भाषण गर्ने केहि व्यक्तित्वलाई कानून बनाउने स्थानमा नेपाली नागरिकले आफ्नो मत दियर पठाएका छन् l सत्ताको रसस्वादनको अवसर पनि पाएका नेता कुम्भिपाप नर्कमा नपरुन भन्ने जनबोली छ, चेतना विहिन नहुनु होला l