काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रियसभा सदस्यको रिक्त पदको निर्वाचनका लागि निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गरेका छन् ।
सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको बैठकमा प्रधानमन्त्री दाहालले राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रियसभा सदस्यको रिक्त पदको निर्वाचनका लागि आवश्यक प्रक्रिया अघि बढाउन आयोगका पदाधिकारीलाई आग्रह गरेका हुन् ।
राष्ट्रियसभा सदस्यको रिक्त पदमा निर्वाचनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनुहोस् । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि राजनीतिक दलसँग छलफल गर्नेछौँ । हामी छिट्टै निष्कर्षमा पुग्छौं,’ उनले भने।
सो अवसरमा प्रधानमन्त्रीले स्थानीय तहको निर्वाचन र संघीय र प्रदेशसभाको निर्वाचनलाई प्रभावकारी रुपमा सम्पन्न गरेकोमा पदाधिकारीहरुलाई धन्यवाद दिनुभयो ।
भेटमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलगायतको सहभागिता रहेको थियो ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालगायतका आयुक्तले प्रधानमन्त्रीलाई निर्वाचन आयोगको कामकारबाही र निर्वाचन प्रक्रियाबारे जानकारी गराएका थिए ।