आयुर्वेद चिकित्सा पद्दति संसारकै प्राचीनतम चिकित्सा पद्दतिमा पर्दछ l परापूर्वकालदेखि लाखौं वैज्ञानिकहरुले अनुसन्धान गरेको यो पद्दति धर्म र राजनीतिको भुखाडामा परेर कैयों सताब्दी देखि अनुसन्धानविना यथावत अवस्थामा रहदा पनि अहिलेको युग सुहाउदो देखिन्छ भने यो विधाको समय सापेक्ष ढंगले विकाश भएको भए कस्तो हुन्थ्यो होला ?
सनातन र सास्वत्त भनिने यो चिकित्सा पद्दतिलाई कुनै धर्मावम्बीले मात्र विकाश गरेको भनि यसलाई विकाश हुन नदिनु यस चिकित्सा पद्दति प्रति गरेको अत्याचार भन्दा अत्युक्ति नहोला l जुन समयमा यो चिकित्सा पद्दतिको विकाश हुन सुरु भएको थियो, त्यस वेला हाल चली राखेका कुनै पनि धर्म अस्तित्वमानै थिएनन् l आयुर्वेदको चरम बिकाश भएको वेला बौद्ध धर्मको सुरुवात भै सर्जरी गर्दा मानिस प्रति हिंसा भयो भनेर आयुर्वेदका कैयौ ग्रन्थ जलाइयो l त्यस पछिको समयमा अनेक आक्रान्ताहरुले सनातन शिक्षा माथि कैयौ पटक आक्रमण गरेको इतिहास छ l मुगलहरुको साशन कालमा तक्षशिला विस्वबिधयालय जलाइएको र अंग्रेजले भारतमा संस्कृत भाषा पढाउन नदिएको, सनातन संस्कृति जोगाउन खोज्ने राजा, साधुसन्तको हत्या गरेको र प्राचिन ग्रन्थहरु चोरेर वा जफत गरेर लण्डनको पुस्तकालयमा राखेको इतिहास जिवितै छ l
विश्वभर राज गरेका अंग्रेजहरुको साशनकालमा बेलाइतका मानिसहरुको बौद्धिक विकाश कति भयको थियो होला भन्ने कुरा त उनीहरुको साशन सकिएको ७० वर्ष पछि पनि उनीहरुका जुत्ता उद्योगले जुत्ताको तलुवामा श्रीराम र श्रीकृष्णको तस्विर छापेर देखाई दिएका छन् l के श्रीकृष्ण र श्रीरामले आफुलाई हिन्दु वा अन्य धर्मको अनुयी भनेका छन् र ? यहाँ धर्म र राजनीति बारे लेख्न खोजिएको हैन इतिहासमा भएका कुराहरुको कोट मात्र गरिएको हो l
हाम्रा पुरातन ग्रन्थहरु संस्कृत भाषामा लेखिएको कुरा त सर्व विदितनै छ l हामीहरुले हाम्रा संस्कृति र इतिहासको अध्ययनको लागि पनि भाषा अध्ययन अति आवस्यक हुन्छ l आयुर्वेदका मूल ग्रन्थ त सवै संस्कृत भाषामानै लेखिएका भएबाट संस्कृत भाषा नजानेसम्म सही ढंगले आयुर्वेद पढ्न पनि सकिदैन l
आयुर्बेद भनेको जडीबुटी हो भन्ने जनमानसमा अमिट छाप बसेको छ जो सर्वथा गलत हो l आयुर्वेदका आठ अंग छन् l यो भनेको आयुर्वेदका आठ बिभाग मोडर्न मेडिसियनको जन्म हुनु कैयों सताब्दी पहिले उल्लेख भएको पाइन्छ l यी आठ विभाग तल उल्लेख भएअनुसारका हुन् l
- कायचिकित्सा General Medicine) २) सल्यतन्त्र (Surgery) ३) स्त्रीरोग/ बालतन्त्र( Gyanecology/Pediatrics) ४) ऊर्ध्वाअंग /शल्क तन्त्र (ENT/Eye ) ५) अगदतन्त्र (Toxicology) ६) जरा/रसायन तन्त्र(Geriatrics) ७) बाजिकरण तन्त्र (Related to improve sexual health) ८) ग्रह तन्त्र ( Psychiatry )
किन भएनत आयुर्वेदको विकाश ?
सनातन काल देखि विकशित हुँदै आएको आयुर्वेद वुद्ध धर्मको आगमन संगै ओरालो लाग्यो, कारण अहिंसाको संदेश थियो l वुद्धका अनुयाईका अनुसार सर्जरी पीडादायी हुने भएकोले यस्तो काम धर्म विरोधी मानियो र यस्ता काम गर्न धर्मले रोक लगाए पछी सर्जरीको विकाश हुने कुरै भएन l बुद्ध धर्मावलम्बीले सर्जरीको मात्र विकाश रोकेका थिए तर मुगलहरुको आक्रमणमा त कैयों किताबहरु जलाईए, तक्षशिला विश्वविद्यालयनै आगजनी गरायर ६ महिनासम्म जली राखेको कुरा इतिहासमा उल्लेख गरिएको छ l पछिल्ला वर्षमा मुगल शासन अन्त गरी अंग्रेजहरुको हातमा सत्ता पुगे पछी विभिन्न राज्यका राजा मार्दै त्यहाँका धर्म, संस्कृति मास्ने अभियान चलाए l यसै क्रममा संस्कृत भाषाको अन्त गरे र मृत भाषा घोषणा गरे l आयुर्वेद र संस्कृत भाषा बन्द गरे पछी पनि केहि ठाउँमा लुकी छिपी पढेको र ग्रन्थहरु जलाएको ठाउँमा बाँकि रहेका किताबहरुका पन्ना, खाल्टोमा गाडेर राखेका किताबको केहि भाग संकलन गरेको मात्र अहिलेको आयुर्वेद हो l
अब आफै अनुमान लगाउने प्रयास गर्नुहोस्, आयुर्वेद कति बिकसित रहेछ ? अझै पनि आयुर्वेदका सर्जन सुश्रुर्तलाई सल्यक्रियाको पिता (Father of surgery) मानेका छन् l के तपाई यो कुरा सवैले थाहा पाएर नेपालमा आयुर्वेदको विकाश होस् भन्ने चाहनु हुन्छ ? चाहनु हुन्छ भने सबैलाई शियर गरी जनमानसमा आयुर्वे प्रति आस्था जगाउने अभियानमा सरिक हुन प्रण गर्नुहोस् l
क्रमस:………………………….