कुनै पनि देशको आफ्नो बिकाश गर्ने, आफ्ना नागरिकको हितमा काम गर्ने, आफ्नो भाषा, धर्म, संस्कृति, आस्था, विचार, मान्यता आदिको प्रचारप्रसार गर्ने, राज्य सीमाको रक्षा गर्ने, देशलाई आर्थिक, सामाजिक, नैतिक, सामरिक र प्राविधिक रुपले बलियो वनाउने त्यहाँको सरकारको दाइत्व हुग्छ l यदि आफ्नो देश बलियो छ भने संसारभरिका देशहरुमा आफ्नो भाषिक, सांस्कृतिक, धार्मिक, ब्यापारिक वा आर्थिक र सामरिक रुपले प्रभुत्व कायम गर्ने कुरालाई समर्थन गर्नु नैतिकताले नदिय पनि जुन देशले साम्राज्यवादी नीति लिएको छ उसलेत आफुलाई ठिक छु भन्दछ नै l संसारमा शक्तिशाली, सम्पन्न र बिजयता को हुन चाहन्नर ? शक्ति र सम्पन्नताको उन्माद कसलाई लाग्दैनर ?
अमेरिकाको यो विश्वलाई आफ्नो एकलौटी क्षत्रछायामा ल्याएर विश्व विजयता बन्ने सपना देख्न त सक्दछ तर अरुको सिमाना कुण्ठित पर्ने र सैनिक अखडा राख्ने अधिकार छ छैन ? विस्वभरिका देशहरुलाई आफुले चाहेको राजनीतिक विचार मान्न बाध्य गर्ने, ती देशको धर्म, संस्कृति, प्राकृतिक श्रोत खतम गर्ने, अमेरिकाको बिरोध गर्नेलाई मार्ने वा पूर्ण दमन गर्ने, कुनै पनि देशलाई सम्पन्न र शक्तिशाली हुनै नदिने र विश्वभरिको देशमा आफ्ना सैनिक राख्ने यदि यो प्रजातन्त्र हो भने नेपालमा पंचायत प्रजातन्त्रको विरोध गर्ने त अमेरिकन मिडिया एक नम्मरमा थिए नि ?
जापानले विश्व बिजय गर्न सपना देख्दा एटम बम विष्फोट गरेर लाखौ मानिसको एकै चिहान बनाउने, अरुलाई आणविक शक्तिको विकाश नगर्न आदेश दिने, आफुले कुनैपनि देशमा सैनिक हस्तक्षेप गरी आफ्नो स्वार्थ सिद्ध गर्ने l सद्दाम हुसेन, कर्णल गद्दाफी र अमेरिकामा के फरक भन्दा हामीहरुले के भन्ने ? सद्दाम हुसेनलाई फाँसी दिए पछी इराकका नागरिकले सुख पाएका छन् कि भन्दा जवाफ के छ ? यस्ता लाखौ प्रस्न गरेर अमेरिका तिर आउंलो देखाउछन् मानिसहरुले l कसैले भन्दछन् नबोल सिआइएले मार्ला, कसैले अमेरिकाले अणुबम फोर्ला भनेर डराउछन् l म अच्चम्म पर्दछु, हिजो अमेरिकाको मोडेल डेमोक्रेसीको उदाहरण दिने मानिस आज विश्व समुदाय भन्नेहरु सैनिक सङ्गठनका हिमायती भएको सुन्दा/देख्दा l बिरालोलाई कोठामा थुनेर कुट्दा अन्तमा कुट्ने मानिसको गला च्यापेर मार्दछ भने आणविक शक्ति सम्पन्न राष्टको विश्व समुदायले कोठामा थुन्दा तपाईहरुको गला नदवाउल भन्ने केहि ग्यारेन्टी छ ?
जर्मन, फ्रान्स जस्ता देश आफु बोल्न सक्ने अवस्थामा छैनन् l अहिले बिनाकारण कुनै देशले अर्को देशमा आक्रम गर्ने समय पनि हैन l सवैले बुझेका छन् l अमेरिकाको नाटो सैनिक संगठनको विश्वब्यापीकरणको महा अभियानमा रुस बाधक भएकोले विश्व समुदायले उसलाई उक्साउने, धम्काउने, कम्जोर पर्ने, हत्या गर्ने आदि हत्कण्डा अपनाई राखेका छन् l एउटा भनाइ छ, बडाले जो गर्यो काम, हुन्छ त्यो सर्व सम्मत l अहिले कथित अन्तर्राष्ट्रिय समुदाय बलियो देखिन्छ र उनीहरुले जे जे गर्दछन् , संसारका मानिसहरुले त्यस्तै सिकेर त्यही कुरा गर्नेछन् l जस्तै कर्म उस्तै फल पाइन्छ l कालान्तरमा अन्यदेशहरुले पनि यस्तै हत्कण्डा अपनाउने छन् र विस्वमा सधैं अशान्ति रही रहनेछ l
पूर्वीय संस्कृतिले भन्छ ‘बाँच र बाँच्नदेउ’ l संसार भरिका मानिस कुटुम्ब हुन् वा मित्र हुन् सबैलाई मित्रवत् व्यवहार गरे पछी लडाईं हुँदै हुदैन l अमेरिकाको डरले मुख लुकाएका विश्वका शान्तिप्रिय मानिसहरु उठ र बोल एउटा देशलाई विश्वविजयी बनाउन हामी युद्ध चांहदैनौ शान्ति र वार्ताको बाटोमा आउ l
अमेरिकाले आफ्नो दम्म छाडेर शान्तिको बाटोमा आउने हो भने अझै सुनमा सुगन्ध हुन्छ l अमेरिकाको गुमेको विश्वाससनियता पनि फर्कन्छ भने विश्व लिडरको रुपमा अझै काम गरिरहन सक्दछ l रुस र अमेरिका मिलेर अन्तरिक्षमा काम गरेमा सवैको कल्याण हुनेछ l