शान्ति यस्तो तत्व हो जो संसारका सवै जीवहरुले चाहन्छन् l यदि जीवनमा शान्ति छैन भने धनसम्पदाले परिपूर्ण भए पनि जीवन निरस नै हुन्छ l शान्तिको खोजमा ऋषि मुनिहरुले अनेक खोजकार्य गरे l वेदमा घर, देह, पृथिवी, अन्तरिक्ष, वनस्पति आदिको शान्तिको कुरा गरिएको छ भने शान्तिको लागि पनि शान्ति आवश्यक हुने कुरा उल्लेख छ l
भगवान बुद्धले अहिंसा र शान्तिको बाटोमा आफुलाई समर्पित गरे l वेद, पुरण, उपनिषद् , रामायण, महाभारत आदि शाहित्यमा रिस, राग, द्वेष, घृणा, परपीडन, अहंकार, महिला प्रति बढी आशक्ति , अती लालचका कारण लडाईं झगडाको सुरुवात हुन्छ र समयमा यसलाई रोक्न नसके यसले विकराल रुप लिएर विश्वयुद्ध निम्त्याउछ भन्ने अनेक उदाहरण र इतिहासहरु छन् l यी माथि उल्लेखित ग्रन्थहरुमा शान्तिको बाटोको खोजि भएको छ l महाभारतको रक्तपातपूर्ण युद्ध पछी पूर्वका सनातनीहरुले आफ्नो तर्फबाट कुनै ठूलो युद्धको सुरुवात गरेका छैनन् l सनातन धर्म र यसैबाट प्रादुर्भाव भएको बुद्ध धर्मको प्रभावबाट विश्वमा शान्ति कायम हुने र संसारमा शान्तिप्रेमिको सत्ता कायम हुने देखेर यसको विरोधमा अनेक सम्प्रदाय र धर्म खडा गरी हत्या हिंशाको बलमा शान्तिको बाटोमा हिंडेकालाई धर्म परिवर्तन गरी हातमा तरवार थमाई विश्वमा अशान्ति फैलाउने पहिलो कदम थियो l
धर्मको आडमा अरुको अस्मिता लुट्नु र अरुको आस्था प्रति घृणा फैलाउने र नामोनिसान मेटाउने गरी मिशन अगाडी बढाउनु अशान्ति फैलाउने दोश्रो कदम थियो l यसको उदाहरण हो भारत एक हजार बर्ष सम्म गुलाम भएर बस्नु l सनातनीहरु एक हजार वर्षको दासत्व स्वीकार गरेर पनि शान्ति आवस्यक छ भन्दै गए तर आक्रान्ताहरुले एक पछि अर्को आक्रमण गर्दै गए l नेपाल एक बाँकि थियो अहिले यो शान्तिप्रिय देशलाई पनि बिनासको संघारमा ल्याएर उभ्याएको छ l नेपालले कुन देशको के विगारेको थियोर ? ज्यादै घृणित, देख्दा पनि लाज लाग्ने तरिकाले धर्म परिवर्तन हुनुको पछाडी केहित होलानी ? डर, लोभ, लालच र घृणाबाट फैलिने धर्म हुँदैन अरुनै केहि होला l त्याग नभएको ठाउँमा धर्म कतै हुँदैन l धर्म फैलाउन त्याग आवस्यक छ l
विज्ञानको दुरुपयोग गर्नेलाई ठूलो सम्मान गर्ने परम्पराबाट मानव शभ्यता भित्र डाइनामेट, एटमबम, हाइड्रोजन बम, आदि अनगिनत विस्फोटक पदार्थको आविष्कार भयो l विश्व विनास गर्ने काममा अहोरात्र लाग्नेहरुले ठूलाठूला सम्मान पाए l तर यस्ता प्राणी बिनाशका ब्यापारीहरु सवैका दुश्मन नै हुन् भन्दा फरक नपर्ला l रसायन शास्त्रको दुरुपयोग गरी रासायनिक हतियार बनाउने, जीवाणु शास्त्रबाट जैविक हतियार वनाउने, E=mc2 फर्मुलाबाट मरुभूमिलाई जीवन्त बनाउनको साटो एटम बम वनाउने, इलोक्ट्रोनिक प्रविधिको दुरुपयोग गरी मिसाइल र बमवर्सक बिमान बनाउने आदि इत्यादि l ल्यावमा बसेर संसारका प्राणीको विनाशकारी साधन बनाउनेलाई वैज्ञानिक भन्ने र यस्तो दुस्कार्य गर्ने लाई प्रश्रय दिने र यिनीहरुउपर लगानी गर्ने लाई राजनीतिज्ञ भन्ने हो भने राम्रा कुरा गर्ने लाई के भन्नेत ? हतियारको होडबाजी विश्वमा अशान्ति फैलाउने प्रमुख कारक तत्व हो l
सैनिक संगठन बनाउनु एक विनासकारी कदम हो l अहिलेको विश्वमा कोहि पनि मानिस बुझ्दैनबुझ्ने अवस्थामा छैन l संयुत राष्टसंघ मार्फत विनाकारण लडाइ गर्ने देशलाई सवै देश मिलेर तह लगाउने महासन्धि गर्दा पनि हुन्छनि, नत्र यो संयुक्त राष्टसंघ किन चाहियो ? त्यसैले कुनै पनि प्रकारको सैनिक संगठन हटाउनु पर्दछ र आआफ्नो देशको सुरक्षा गर्न आवस्यक पर्ने बाहेकका हतियार उत्पादन गर्न वा अन्य देशलाई विक्री वितरण गर्न पूर्ण बन्देज लगाउनु पर्दछ l हैन भने विश्व शान्तिको आशा त परको कुरा हो परिकल्पना पनि गर्न सकिदैन l सैनिक संगठनको आडमा हतियारको व्यापार अशान्तिको अर्को कारक तत्व हो, यसलाई नहटाएसम्म शान्तिको परिकल्पना नगरौं l
शान्तिको कुरा केवल ७ अरव मानिसको लागि मात्र हैन, ८४ लाख अन्य प्रजातिका प्राणीको पनि आवस्यकताको कुरा हो l यी अमुक प्राणीको आवाज उठाउने जिम्मा पनि त हाम्रै हो नि l विनास त मानव जातिले नै निम्त्याएको हो l जलचर, स्थलचर, उभयचर र अन्तरिक्ष प्राणीको यसमा के दोष l यी सवै प्राणीहरुको प्रस्न छ कि खराब ब्याक्टेरिया/भाइरस/ फंगस मार्न एन्टीबायोटिक/एन्टीभाइरस/एन्टी फंगस औषधि निर्माण गर्दा खराव मानिस मर्ने एन्टी मानव औषधि आविष्कार गरेको भए राम्रो हुन्थ्यो कि ? अरु प्राणी प्रकृतिले बनाएका नियम पालना गर्दछन केवल मानिसमात्र यस्तो प्राणी हो जसले प्रकृतिका नियम मान्दैन र यसलाई च्यालेन्ज गर्दछ l समुद्र भित्र बस्ने प्राणीले बिभिन्न संकेत दिएर विरोध गरे, पृथीले कैयौं संकेतबाट बिनास नजिक छ भनिसक्यो, हामीसँगै बस्ने हाम्रा हितैसी प्राणीले आफ्नो प्राण त्यागेर पनि तिमीहरुको अवस्था यस्तै हुँदैछ भनिसक्यो तर मानव जाती भित्रका दानवहरुले वुझपचाएका छन् त विनास नजिकै आउंदैछ l
मिडिया र मिडियाकर्मी पनि अशान्ति फैलाउने काममा सहयोगीको भूमिकामा छन् भन्दा पाप नलाग्ला, किनकी आफ्नो प्रचारप्रसार गर्न कुनै कसर बाँकि नराख्ने मिडियाले राम्रा कुराको सोच कसरी राख्नेत ? यदि विश्वका मिडियाले चाहनेहो भने माथिका सवै कुरामा सुधार आउन सक्दछ l सुधार मात्र हैन अकल्पनीय परिवर्तन आउँछ l तर विभाजित मिडियाले यी काम गर्लान भन्ने कुरामा संकालाग्नु पनि अस्वभावि भने हैन l हाम्रो विशेष आग्रह के हो भने विनासको संघारमा उभिएको विश्वलाई वाचाउदा हामी पनि बन्चिन्थ्यो कि ? पछी मिडिया नै नचल्ने संसारमा मिडियाकर्मीको के काम होला ?
नागरिक समुदाय पनि दोषमुक्त छ भन्न सकिदैन l सवै नागरिकहरुले यो अभियानमा भाग लिने हो भने शान्ति स्थापनामा ठूलो सहयोग मिल्नेछ l यसलाई नागरिक अभियानको विषय वनाउइ एकजुट भएर लागौं l समयको माग पनि यही हो l