पाँचथर । पाँचथरको फिदिम नगरपालिका–८ मा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ । घरमा आगलागी हुँदा स्थानीय मेघबहादुर गुरुङकी छोरी र बुहारीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गुरुङकी बुहारी २३ वर्षीय आसनसिंह थेवे र २२ वर्षीया छोरी ममता गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
आगलागीमा परी ५५ वर्षीय मेघबहादुर गुरुङ र उनका छोरा बिजेन्द्र गुरुङ घाइते भएका छन् । घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारका लागि पाँचथर अस्पताल लगिएको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डिएसपी) हरि खतिवडाका अनुसार घरबाट दुई जनाको मृत्यु, दुई घाइते र तीन जना फरार भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पाँचथरबाट डिएसपी खतिवडाको नेतृत्वमा टोली घटनास्थल पुगेर आगो निभाएको थियो ।
आगलागीबाट ५० लाखको क्षति भएको प्रहरीले अनुमान गरेको छ । आगलागीको कारण अहिले थाहा हुन सकेको छैन ।