काठमाडौं । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले आज दिउँसो पत्रकार सम्मेलन गर्दैछ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा प्रवक्ता डा. प्रकाशशरण महतले पत्रकार सम्मेलन गर्न लागेका हुन् । दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ ।
संसदमा ठूलो दल बनाएकोमा मतदातालाई धन्यवाद दिन र प्रतिपक्षको भूमिकाबारे जानकारी दिन पत्रकार सम्मेलन गरिने पार्टी सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
फलस्वरूप मंसिर ४ गते गठन, विस्तार र निर्वाचनमा विभिन्न समितिमा काम गर्नुहुने सबैप्रति कृतज्ञता व्यक्त गर्न पत्रकार सम्मेलन गर्ने पौडेलले जानकारी दिए ।