सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालयले आज प्रदेश सभामा प्रतिनिधित्व गर्ने दललाई मुख्यमन्त्री र प्रदेश सरकारमा दाबी गर्न आह्वान गरेको छ ।
नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि प्रदेशसभामा कुनै पनि दलको बहुमत नरहेको र त्यसका लागि दुई वा दुईभन्दा बढी दलको समर्थन आवश्यक रहेकाले प्रदेश प्रमुखको आह्वान गरिएको हो । सरकार गठनका लागि प्रदेशसभाका २७ सदस्यको समर्थन आवश्यक छ ।
प्रदेश प्रमुखले सरकार गठनका लागि दाबी पेश गर्न र प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्त गर्न दलहरूलाई पुस २७ गते बेलुकी ५ बजेसम्मको समयसीमा दिएको छ । (RSS)