पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ खुसार्नेमा यात्रुबाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
गएराति रुपन्देहीको सालझण्डीबाट खुसर्ने जाँदै गरेको यात्रु बोकेको यात्रुबाहक बस मधुवन तारिफाँट नजिक धराडी गैरा नजिकै राति ९ः३० बजे दुर्घटना भएको थियो ।
ग १ ख ४९७७ नम्बरको बस दुर्घटनामा खुसर्ने गाउँका ६ महिलाको मृत्यु भएको वडा नम्बर ८ का वडाध्यक्ष रेमबहादुर रानाले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा खुसर्ने गाउँका खेमकुमारी राणा, निर्मला घिमिरे, सुरा घिमिरे, कमला खत्री, गुणी गाहा र दनकुमारी खत्रीको मृत्यु भएको हो । मृत्यु हुने सबै खुर्साने गाउँका हुन् ।
बस सडकबाट करिब ६० मिटर तल पहाडमा खसेको थियो । प्रहरी र पाल्पा र रुपन्देहीका बासिन्दाले उद्धार कार्य जारी राखेका छन् ।
दुर्घटनामा थप १८ जना घाइते भएकालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको वडाध्यक्ष राणाले जानकारी दिए । रुपन्देहीको सालझण्डी ढोरपाटन सडक मुनि बस दुर्घटना भएको हो ।