नेकपा (समाजवादी पार्टी)का अध्यक्ष डा बाबुराम भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा रहेका दलले राष्ट्रिय सहमतिको स्थिर सरकार बनाउने प्रस्ताव गर्नुभएको छ ।
नेपाली कांग्रेसले गठबन्धन तोड्न राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको हल्लाले सामाजिक सञ्जालमार्फत डा भट्टराईले झगडा गरेर समय खेर फालेर राष्ट्रिय सहमतिको सरकार बनाउनेतर्फ लाग्न सुझाव दिएका छन् ।
उनले ट्वीटमार्फत् भनेका छन्– ‘विश्वव्यापी आर्थिकमन्दी मडारिँदै गरेको र नेपाल पहिल्यै अल्पविकास र परनिर्भरताको दुष्चक्रमा फसिरहेको स्थितिमा देशले अर्को राजनीतिक अस्थीरताको चक्र थेग्न सक्दैन, अतःखुट्टा तानातानमा समय खेर फाल्नु सट्टा संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर दलहरूको राष्ट्रिय सहमतिको स्थीर सरकार बनाउने कि ?’
विश्वव्यापी आर्थिकमन्दी मडारिदैगरेको र नेपाल पहिल्यै अल्पविकास र परनिर्भरताको दुष्चक्रमा फसिरहेको स्थितिमा देशले अर्को राजनीतिक अस्थीरताको चक्र थेग्न सक्दैन।अतःखुट्टा तानातानमा समय खेर फाल्नुसट्टा संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर दलहरूको राष्ट्रिय सहमतिको स्थीर सरकार बनाउने कि?
— Baburam Bhattarai (@brb1954) January 6, 2023