धनगढी । दार्चुलाको महाकाली नदी तर्ने क्रममा टुइनबाट खसेर एक बालक बेपत्ता भएका छन् ।
व्यास गाउँपालिका–४ का १० वर्षीय बालक दीपेन्द्र विष्ट खोला तर्ने क्रममा तुइनबाट खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
कक्षा ४ मा पढ्ने बालक आमालाई पछ्याउँदै गएका तुइनबाट महाकाली नदीमा खसेर बेपत्ता छन्।
बालक बिहीबार बेपत्ता भएपनि शनिबार मात्रै खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगत मगरले जानकारी दिए ।
खबर पाएलगत्तै स्थानीय प्रहरी टोली बालकको खोजीमा खटिएको थियो ।
प्रहरीका अनुसार बालककी आमा टुइन नदी तरेर पराल काट्न भारतीय जंगल गएकी थिइन् ।