काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने वचन दिएका छन् ।
मंगलबार बिहान धुम्बाराही निवासमा भएको भेटमा राष्ट्रपति देउवाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने प्रस्ताव गरेका हुन् । बैठकमा उपस्थित नेपाली कांग्रेसका नेताहरु यस विषयमा सहमति जुट्न सकेनन् ।
पदाधिकारी बैठक लगत्तै संसद भवन नयाँबानेश्वरमा संसदीय दलको बैठक बस्ने छ। यस अघि विहान ९ बजे संसदीय दलको बैठक बस्ने भने पनि पदाधिकारी बैठक लम्बीएकाले संसदीय दलको बैठक ढिलो हुनेछ। पदाधिकारी र संसदीय दलको बैठकको निर्णय पछि आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहाललाई कांग्रसले विश्वासको मत दिने वा नदिने थाहा हुनेछ। दाहाल पुस १० गते प्रधानमन्त्री पदमा नियुक्त भएका हुन।
प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन विपक्षमा रहेका नेताहरुले यस विषयमा पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गर्नुपर्ने माग गरेका छन् । तत्काल केन्द्रीय कार्यसमितिको बैठक बस्न नसक्ने भएकाले छलफलका लागि पार्टी पदाधिकारीको बैठक बोलाइएको छ ।