सरकारले आन्तरिक उडानका लागि हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँ घटाएको छ । सरकारी स्वामित्वको नेपाल आयल निगमले हवाई भाडा घटाएपछि वायुसेवा कम्पनीहरूले पनि हवाई टिकटको मूल्य घटाएका छन् ।
नेपाल वायुसेवा सञ्चालक संघ (एओएएन)का अनुसार काठमाडौंदेखि धनगढीको हवाई टिकटको मूल्य प्रतिव्यक्ति ८ सय ८५ रुपैयाँले घटेको छ ।
काठमाडौंबाट हिमाली उडानको भाडा ६ सय ८५ रुपैयाँले घटाइएको छ ।अब हिमाली उडानको अधिकतम भाडा प्रतिव्यक्ति १४ हजार तोकिएको छ । काठमाडौंदेखि भद्रपुरको भाडामा ६ सय रुपैयाँ घटाइएको छ ।
त्यस्तै विराटनगरको भाडा ४ सय ८५, जनकपुरको २ सय ६०, भरतपुरमा २ सय १५ र पोखराका लागि ३ सय २० रुपैयाँ घटाइएको छ ।