काठमाडौं । संसदमा भएको विश्वासको मतमा प्रधानमन्त्री पुष्पकमल दाहालले जम्मा २६८ मत प्राप्त गरेका छन् । जनमोर्चा नेपाल र नेपाल मजदुर किसान पार्टी बाहेक सबै राजनीतिक दलले प्रधानमन्त्री दाहालको समर्थनमा मतदान गरेका छन् ।
देशको नयाँ प्रधानमन्त्री चयन गर्ने प्रतिनिधिसभामा कुल २७५ सदस्यहरू छन्। प्रधानमन्त्री दाहाललाई विश्वासको मत जित्न संसदमा जम्मा १३८ मत आवश्यक थियो ।
आम निर्वाचन-२०७९ सहभागी भएर जित हासिल गरेर प्रतिनिधिसभामा आएका १३ राजनीतिक दलहरुमध्ये राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाहेकका सबै दलले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएका छन्।