काठमाडौं ।चालु आर्थिक वर्षको पाँच महिनामा उपभोक्ता मुद्रास्फीति करिब साढे सात प्रतिशत पुगेको छ ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको हालको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्मको वार्षिक विन्दु उपभोक्ता मुद्रास्फीति ७ दशमलव ३८ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७ दशमलव ११ प्रतिशत रहेको थियो ।
राष्ट्र बैंकका अनुसार मंसिर महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.८५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.५९ प्रतिशत रहेको छ ।
सोही अवधिमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गतका रेस्टुरेन्ट तथा होटल उपसमूहको वार्षिक स्थान मूल्य सूचकाङ्क १५.५६ प्रतिशत, सुर्तीजन्य पदार्थको ११.८१ प्रतिशत, खाद्य तथा खाद्यपदार्थको ९.३९ प्रतिशत, दुग्धजन्य पदार्थ र अण्डाको ९.०७ प्रतिशत र पेय पदार्थको ८.८४ प्रतिशतले बढेको छ।
त्यसैगरी घरायसी सामानको मूल्य ८.२९ प्रतिशतले र फर्निचर तथा घरायसी उपकरणको मूल्य ८.२९ प्रतिशतले बढेको छ । राष्ट्र बैंकको जानकारी अनुसार यस अवधिमा उपत्यकामा ६.५६ प्रतिशत, तराईमा ८ प्रतिशत, हिमालमा ७.३२ प्रतिशत र हिमालमा ६.४८ प्रतिशत मुद्रास्फीति रहेको छ ।
गत वर्षको मंसिरमा यी क्षेत्रहरुमा मुद्रास्फीति क्रमशः ५.९१ प्रतिशत, ७.५२ प्रतिशत, ६.९५ प्रतिशत र ४.९१ प्रतिशत रहेको थियो ।