काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हाल सञ्चालनमा रहेका कुनै पनि एटीआर विमानमा प्राविधिक त्रुटि नभेटिएको जनाएको छ ।
प्राधिकरणले नेपालमा सञ्चालित सबै एटिआर ४२ र एटिआर ७२ जहाजहरूको प्राविधिक परीक्षण पूरा गरेको र कुनै पनि प्राविधिक त्रुटि फेला नपरेको प्राधिकरणले जनाएको हो ।
आइतबार पोखरामा यति एयरलाइन्सको एटिआर ७२ विमान दुर्घटना भएपछि सरकारले निरीक्षण गर्न आदेश दिएको हो ।
विमानको मर्मतसम्भार अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकेओ) को मापदण्डअनुसार भएको प्राधिकरणले पनि पुष्टि गरेको छ ।