काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची बढेर आएको छ ।
भारतीय आयल कर्पोरेसन (आईओसी) ले १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउने सहमतिअनुरुप पेट्रोलियम पदार्थको नयाँ सूची नेपाल आयल निगमलाई पठाएको हो ।
भारतबाट आएको नयाँ सूची अन्तर्गत पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढेर आएको छ भने डिजेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ ७० पैसा घटेर आएको छ ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको निर्देशनअनुरुप आयल निगमले पुस २४ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ रुपैयाँ तथा हवाई इन्धनमा ३० रुपैयाँसम्म मूल्य घटाएको थियो ।