काठमाडौँ । नेकपा एमालेका सांसद देवराज घिमिरे प्रतिनिधि सभाका सभामुखमा निर्वाचित भएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा उहाँलाई मतदान गर्ने पक्षमा एक सय ६७ मत खसेको थियो । उक्त प्रस्तावकको विपक्षमा एक सय मत खसेको थियो । मतदानमा दुई सय ६८ ले भाग लिनुभएको थियो । एक जनाले मत दिनुभएन ।
सभामुख घिमिरे गत मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा झापा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका हुन।
घिमिरेको प्रस्तावकमा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ र समर्थकमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका प्रमुख सचेतक हीतराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछाने हुनुहुन्थ्यो ।
न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा ९एकीकृत समाजवादी०का नेता प्रकाश ज्वाला थिए।
सङ्घीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गर्ने संवैधानिक व्यवस्था छ । प्रतिनिधिसभाको पहिलो बैठक गत पुस २५ गते बसेको थियो । नेपाली जनताको सार्वभौमसत्ता सम्पन्न सर्वोच्च थलोका रुपमा प्रतिनिधिसभा रहिआएको छ ।