काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद इन्दिरा राना मगर र नेपाली कांग्रेसका सांसद मुक्ता कुमारी यादवले मनोनयन दर्ता गराउनुभएको छ ।
सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीका इन्दिरा मगर र नेपाली कांग्रसको तर्फबाट यादवले संघीय संसद् भवन नयाँ बानेश्वरमा आज उपसभामुख पदमा मनोनयन दर्ता गराउनुभएको हो ।
इन्दिराको प्रस्तावकमा स्वतन्त्र पार्टीकै सोविता गौतम छिन् भने समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन छन्।
त्यस्तै, नेपाली कांग्रेसका उपसभामुख पदका उम्मेदवार यादवको प्रस्तावक नेपाली कांग्रेसका सांसद बद्री पाण्डे रहनुभएको छ भने समर्थकमा नेकपा एकीकृत समाजवादीका सांसद मेटमणी चौधरी र लोसपाका सांसद सर्वेन्द्रनाथ शुक्ला रहनुभएको छ ।
उपसभामुखको चयन शनिबार दिउँसो १ बजे हुँदैछ।