काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखमा सत्ता गठबन्धन राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर निर्वाचित भएकी छन्। कांग्रेसकी उम्मेद्वार मुक्ताकुमारी यादवलाई हराउँदै रानामगर उपसभामुखमा निर्वाचित भएकी हुन्।
इन्दिराले १६६ मत ल्याएर उपसभामुखमा निर्वाचित भएकी हुन्। प्रतिस्पर्धी नेपाली कांग्रेसकी मुक्ता कुमारी यादवले ९७ मत ल्याइन्। कूल २६४ मत खसेको सभामुख देवराज घिमिरेले जानकारी दिए। जसमध्ये १ सांसद् तटस्थ बसे।
रानामगरलाई सत्तारुढ दलहरुले मतदान गरेका थिए भने यादवलाई कांग्रेस, एकीकृत समाजवादी, लोसपा र जनमोर्चाले मतदान गरेका थिए।