काठमाडौं । नेपाली महिला बक्सर सुस्मा तामाङ थाइल्याण्डमा जारी एसियन अण्डर–२२ बक्सिङ्ग च्याम्पियनसिपको फाइनलमा पुगेकी छिन्।
बैंककमा आइतबार भएको महिलातर्फ ४८ केजी तौल समूहको सेमिफाइनलमा सुष्माले मंगोलियाकी जनारगुली बाइस्येनबाइलाई आरएससीको आधारमा हराउँदै फाइनल पुगेकी हुन्। फाइनल प्रवेश गरेसँगै सुष्माले रजत पदक पक्का गरेकी छिन्।
अब स्वर्ण पदकका लागि सुष्माले उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग बुधबार खेल्ने छिन्।
सुस्माले फाइनलमा उज्वेकिस्तानकी बक्सर फोजिलोभा फर्जोनासँग प्रतिस्पर्धा गर्नेछिन् । फाइनल खेल पर्सी बुधबार हुनेछ ।
यसैगरी पुरुष ८६ केजी तौल समुहमा विजय बाटाले इन्डोनेसियन मुक्केबाज मोसकिता माइकलसँग सोमबार सेमिफाइनल खेल खेल्नेछन्।