अभिनेत्री ऋचा शर्माले अष्ट्रेलियामा भएको फिल्म फेस्टिभलमा सर्ट फिल्म ‘ब्लड मनी’ बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् । ऋचाले सिड्नीमा भएको टाइटन फिल्म फेस्टिभलबाट अवार्ड जितेकी हुन् । उनी आगामी बुधबार ट्रफी लिएर नेपाल फर्कने तयारीमा छिन् ।
महोत्सवमा चलचित्रका लेखक तथा निर्देशक अशोक तिमिल्सिनालाई पनि सम्मान गरिएको थियो । महोत्सवमा यस नेपाली लघु चलचित्रले उत्कृष्ट प्रतिक्रिया पाएको साथै अन्य देशका चलचित्रले पनि प्रतिस्पर्धा गरेको र नेपालमा चलचित्र छायांकन गर्न विदेशी निर्माता इच्छुक रहेको निर्माताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यो फिल्मले यसअघि सिंगापुरको ओल्ड फिल्म कार्निवल फेस्टिभललगायत महोत्सवहरूमा अवार्ड जितेको थियो। डेढ दशकदेखि अष्ट्रेलियामा बस्दै आएका निर्देशक तिमल्सिनाले पारिवारिक अवस्थाका कारण विदेश जान बाध्य भएका युवायुवतीको संघर्षको कथा फिल्ममार्फत प्रस्तुत गरेका छन् ।
२८ मिनेटको यो चलचित्रमा तिमल्सिनाले छोराको भूमिकामा अभिनय गरेकी छन् भने आमाको भूमिका मिथिलाले र श्रीमतीको भूमिकामा ऋचाले अभिनय गरेकी छन् । युट्युबमा रिलिज भएको यो चलचित्रले दर्शकको राम्रो प्रतिक्रिया पाएको बताइएको छ ।