घ्युकुमारीको जुस नियमित रुपमा पिउनाले शरीरमा उर्जाको मात्रा बढ्छ । घ्युकुमारी जुस विभिन्न आवश्यक पोषक तत्व, भिटामिन र मिनरल्समा भरपूर हुन्छ जसले शरीरको प्रणालीलाई बलियो बनाउन र रोग प्रतिरोधात्मक क्षमता बढाउन सक्छ। यसका लागि घ्युकुमारीको पात काटेर त्यसलाई खुर्किएर तीन–चार चम्चा निकालेर यसको रस तयार गर्ने ।
घ्युकुमारीको जुस सेवन गर्दा छालामा पनि सुधार आउँछ । यसको नियमित सेवनले छालालाई लामो समयसम्म जीवित र चम्किलो राख्छ। यसले छालाको विभिन्न समस्या, चाउरी, दाग, धब्बा, आँखा मुनि कालो घेरा हटाउन भूमिका खेल्छ।
यसमा पाइने एन्टी इन्फ्लेमेटरी गुणले पेटको रोगलाई हटाउन मद्दत गर्छ । यसको नियमित सेवनले कब्जियतबाट पनि बच्न सकिन्छ ।
यसले कपालमा पनि चमक ल्याउने गर्छ ।