काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक कर्मचारी रंगेहात पक्राउ परेका छन्। विमानस्थलको आन्तरिक टर्मिनल व्यवस्थापन प्रमुख पूर्णप्रसाद चुँडाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार साँझ घुससहित पक्राउ गरेको हो। चुँडाल नवौं तहका कर्मचारी हुन्।
उनलाई पक्राउ गरेपछि अख्तियारको टोलीले थप अनुसन्धान र धरौटी संकलन गरिरहेको छ । उनी नियमित रुपमा घुस लिने गरेको अख्तियार स्रोतले जनाएको छ । घुस रकम भने खुलाइएको छैन ।