काठमाडौँ । संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालको अगुवाइमा भूमिहीन सुकुम्बासीले नयाँबानेश्वरमा धर्ना दिएका छन्।
उनीहरूले स्थायी बसोबासको व्यवस्था गर्न माग गरेका छन्। संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले तीनबुँदे माग राख्दे बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन्।
माइतीघर मण्डलबाट शुरू भएको सुकुम्बासीको र्याली संघीय संसद् भवन रहेको नयाँ बानेश्वर पुगेको हो। उनीहरूले अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्न, भूमिहीनलाई जग्गा उपलब्ध गराउन, काठमाडौंमा बसोबास गरिरहेका भूमिहीन सुकुम्बासीको हकअधिकार सुनिश्चित गर्न माग गरेका छन्।
बिहीबार काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गृहमन्त्री रवि लामिछानेलाई सुकुम्बासी हटाउने पहलका लागि भेटेका थिए। त्यसपछि आज सुकुम्बासीहरु प्रदर्शनमा उत्रिएका हुन्।