काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले रवि लामिछानेलाई आजै पार्टी सभापति घोषणा गर्ने तयारी गरेको छ । रविले आज पुनः नागरिकता लिएसंगै उनलाई आजै पार्टी सभापति घोषणा गर्ने तयारी गरिएको हो ।
त्यसका लागि रास्वपाले केन्द्रीय समितिको बैठक बोलाएको छ ।
बैठक आज दिउँसो ३ः३० बजे बस्दै छ । माघ १३ मा सर्वोच्च अदालतको निर्णयपछि रविको सांसद पदसँगै पार्टी सभापति पद पनि गुमेको थियो ।
काठमाडौं जिल्ला प्रशासन कार्यालय बाट आइतबार उनले पुन नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् ।