ललितपुर । ललितपुरको ग्वार्कोमा कार र ट्याक्सी ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
बिएन्डबी अस्पताल अगाडिको ओरालोमा गएराति साढे १२ बजे बा ४ च १ नम्बरको कार र बा २ ज ३४२० नम्बरको ट्याक्सी ठोक्किँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी प्रविण पोखरेलले बताए ।
ट्याक्सीमा ६ जना सवार थिए भने कारमा दुई जना सवार थिए। ट्याक्सीमा सवार एक जना र कारमा सवार एक जनाको मृत्यु भएको हो।
दुर्घटना भएपछि उनीहरूलाई बिएन्डबी अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा मृत्यु भएको हो। ट्याक्सीमा सवार सुनसरी घर भई ललितपुर महानगरपालिका ताल्छिखेल बस्ने ४७ वर्षीय सरोजकुमार विक र कारमा सवार चितवन घर भई टोखा नगरपालिका-७ ग्रीनल्यान्ड बस्ने प्रकाश आचार्यको मृत्यु भएको हो।
तिव्र गतिका कारण उक्त दुर्घटना भएको उनले बताए। प्रहरी वृत्त सातदोबाटोबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अन्य ६ जनालाई सामान्य चोट लागेको एसपी पोखरेलले बताए।