काठमाडौँ । विश्व क्यान्सर दिवसको अवसरमा दीप प्रज्वलन गरिएको छ । नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्र र नेपाल क्यान्सर सहायता समूहले दीप प्रज्वलन गरेको हो ।
ललितपुर महानगरपालिकाको प्राङ्गणमा शुक्रबार साँझ दीप प्रज्वलन गरिएको छ । भोलि फेब्रुअरी ४ क्यान्सर दिवस मनाइँदैछ । क्यान्सरबाट निधन भएकाहरुको सम्झनामा र क्यान्सरबाट निको भएकाहरुलाई हौसला दिन दीप प्रज्वलन गरिएको आयोजकले जनाएको छ ।