काठमाडौँ । नेकपा माओवादी केन्द्र र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकार ढल्न नदिन रवि लामिछानेलाई गृहमन्त्रीको जिम्मा दिन तयार हुने संकेत देखिएको छ ।
शनिवार पेरिसडाँडा पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी कमिटीको बैठकपछि उनले रास्वपा सँग कुरा गरेर समस्या समाधान गर्ने बताए ।
प्रधानमन्त्री प्रचण्डले रास्वपाले शुक्रबार दिएको दुई दिने अल्टिमेटमबारेको प्रश्नमा भने, ‘यहाँबाट हिँडेपछि अहिले नै मेरो रविजीसँग कुरा हुँदै छ। समस्या समाधान हुन्छ।’
शुक्रबार बसेको रास्वपा बैठकले दुई दिनभित्र गृह मन्त्रालय नसुम्पिए सरकारबाट बाहिरिने चेतावनी दिएको थियो।