काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । पहिलो संघीय संसदको तल्लो सदनको सातौं बैठक आज दिउँसो १ बजेका लागि संसद भ्वन नयाँ बानेश्वरमा बोलाइएको हो ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाउ आदेश सदनसमक्ष पेस गर्ने सम्भावित कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ ।
बैठकमा त्यसअघि शून्य र विशेष समयमा सांसदहरूले विभिन्न विषयमा आफ्नो धारणा राख्न सक्नेछन् ।