काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ।
निगमले सोमबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेल लिटरमा ३ रूपैयाँको दरले बढाएको हो ।
अब पेट्रोलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ तथा डिजेल र मट्टितेलको १७५ रुपैयाँ कायम भएको छ । भारतबाट मूल्य बढेर आएपछि मूल्य बढाउनु परेको निगमले जनाएको छ ।
निगमले खाना पकाउने एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत राखेको छ।