काठमाडौँ । जिल्ला अदालत काठमाडौंले मानव बेचबिखनको मुद्दा लागेका मनोज पाण्डेलाई ७ वर्ष कैद सजाय सुनाएको छ।
काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार पीडितलाई ७५ हजार रुपैयाँ क्षतिपूर्ति र पीडित राहत कोषमा १३ सय रुपैयाँ जम्मा गर्न आदेश दिएको हो ।
पाण्डेमाथि आठ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आरोप लागेको थियो। तर बलात्कार मुद्दा दायर गर्न हदम्याद नाघिसकेका कारण पाण्डेमाथि मानव बेचबिखनसम्बन्धी मुद्दा चलाइएको थियो ।
काठमाडौँ जिल्ला न्यायाधीश दीपक ढकालको इजलासले माघ उनलाई दुवै कसूरमा दोषी ठहर गरेको थियो ।
जिल्ला अदालतले बालयौन दुरुपयोग मुद्दामा पाण्डेलाई ६ महिना कैद, पीडित युवतीलाई ५० हजार क्षतिपूर्ति र ५ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो ।