बिर्तामोड (झापा) । झापाका कुखुरापालक किसानले उचित मुल्य नपाएको भन्दै बाटोमै कुखुरा उतारेर विरोध प्रदर्शन गरेका छन् ।
बिर्तामोडको मुक्तिचोकमा सय भन्दा बढी कुखुरालाई सडकमै उतारेर तथा अन्डा फालेर कृषकले विरोध जनाएका हुन् ।
कुखुरापालकबाट निकै कम मूल्यमा अन्डा किनेर बिचौलियाले महँगोमा बेच्ने गरेको त्यहाँका कृषकले गुनासो गरे छन्। उनीहरु सडकमा ल्याएका कुखुरासमेत सडकमै छाडेर फर्किएका थिए ।
यसअघि चितवनमा कृषकहरुले सडकमै तरकारी फालेर विरोध गरेका थिए ।