धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावल पदमुक्त हुनुभएको छ ।
समयभित्र संविधानले निर्धारण गरेको विश्वासको मत प्राप्त गर्न राखेको प्रस्ताव अस्वीकृत भएपछि मुख्यमन्त्री रावल पदमुक्त हुनुभएको हो ।
सुदूरपश्चिम प्रदेशमा सरकार बनाउन निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले विश्वासको मत नदिदा उहाँले विश्वासको मत पाउन असफल हुनुभएको हो । नियुक्त भएको तिस दिनभित्र विश्वासको मत लिनुपर्ने संबैधानिक प्रावधान छ ।