पाल्पा । मकै, गहुँ, कोदो र तोरी जस्ता परम्परागत बालीबाट किवी खेतीमा लागेका किसानले आफ्नो अघिल्लो आम्दानीमा पाँच गुणासम्म फाइदा उठाएका छन् । किवी खेतीबाट किसानले मनग्य आम्दानी गर्न सफल भएका छन् ।
सात वर्षअघि किवी खेतीमा लागेका गाउँका केही युवाको सफलता देखेर जाल्पाका महिलाले सामूहिक किवी खेती सुरु गरेको वडा अध्यक्ष सारुले बताइन् । किवी खेतीलाई प्रोत्साहन गर्न पूर्वखोला गाउँपालिकाले किसानलाई तालिम, बीउ र प्राविधिक सहयोग उपलब्ध गराएको छ ।
पूर्वखोला–२ जाल्पाकी कृषक मीनादेवी कावरमगरले किवी खेतीमा लागेका कारण आम्दानी पाँच गुणाले बढेको बताइन् ।