काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको आज संसदीय दल र केन्द्रिय समितिको बैठक बस्दैछ ।
आज अपरान्ह ३ बजे, बसुन्धारामा बस्ने बैठकमा सभापति रबि लामिछानेले राजनीनितक संयन्त्रमा भईरहेका छलफल तथा चितवन–२ मा हुने उपनिर्वाचनको उम्मेदारीका बारेमा छलफल गर्नेछन् ।
निर्वाचन आयोगले चितवन–२ मा उपनिर्वाचन गर्ने घोषणा गरे पछि राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’ले केन्द्रिय समिति बैठक बोलाएको छ ।
‘मुख्यतः पार्टीको जिम्मेवारी बाँडफाँडको बिषयमा छलफल हुनेछ, साथै समसामायिक राजनीतिक बिषयमा पनि छलफल हुनेछ’, केन्द्रिय सदस्य तथा सांसद मनिष झाले भने ।
हिजो बसेको सत्ता साझेदर दलसम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सभापति लामिछानेले चितवन–२ मा तत्काल उपनिर्वाचन गराउनु पर्ने माग गरेका थिए ।
लामिछानेको सो मागमा सकारात्मक भएको जानकारी दिदै प्रधानमन्त्री प्रचण्डले निर्वाचन आयोगसँग यसवारेमा छलफल गरेका जनाएका थिए । तर, अपरान्ह निर्वाचन आयोगले १० बैशाखमा चितवन–२ मा उपनिर्वाचन गर्ने घोषणा गरेको थियो ।