काठमाण्डाै । नेपाल विद्युत प्राधिकरणले ग्राहकलाई सरल र सहज सेवा प्रदान गर्न ‘एनईए मोवाइल एप’ सञ्चालनमा ल्याएको छ ।
ग्राहकलाई सरल र सहज सेवा प्रदान गर्ने तथा गुनासो समेत व्यवस्थापन गर्न सजिलो हुने गरी मोबाइल एप सञ्चालनमा ल्याएको प्राधिकरणले जनाएको छ।
यो एप प्रयोगका लागि मोबाइलको ‘प्ले स्टोर’ वा एप स्टोरमा गएर ‘NEA Official’ सर्च गरी डाउनलोड गर्न सकिनेछ।
यो एपबाट मिटर रिडिङ, बिलिङ, महसुल भुक्तानी, चार्जिङ स्टेशनको जानकारी साथै विद्युत् आपूर्तिसम्बन्धी जानकारी दिइने प्राधिकरणले जनाएको छ।